Lets share love

How ? copy url of this blog and share in your social network :) simple

Lets share love

How ? copy url of this blog and share in your social network :) simple

Thursday, November 30, 2017

कन्चनपुरमा नेपाल-भारत सिमा सम्बन्धी समस्या र डा.दिपकप्रकाश भट्टको सम्भावित योगदान



    हाम्रो कन्चनपुरको नेपाल-भारत सिमामा भाततिय सिमा सुरक्षा बलको ज्यादती अत्याधिक रहेको हामीलाई ज्ञात नै छ। दिनहु जसो हाम्रा दाजु-भाई तथा दिदी-बहिनीहरू बनबासा कस्टममा लुटिदै आएका छन्।

नेपालमा बेरोजगारीका कारण बध्य भई भारत तिर लागेका हाम्रा दाजु-भाईहरू जब दु:ख कष्ट  सही केही पैसा जम्मा गरेर घर तिर फर्कन्छन् भारतिय सिमा सुरक्षा बलले उनीहरूबाट अवैध रूपमा ५०० देखी १००० रूपियाँ सम्म असुल्ने गरेको पाइन्छ।

जुन कमाउन उनिहरू कम्तीमा दुई दिन कडा परिश्रम  गर्नुपर्ने हुन्छ। जसलाई लिएर एक पटक समाजिक सञ्जाल फेसबुकमा भिडीयो समेत भाइरल भएको थियो।

त्यस बाहेक समय समयमा सिमा सुरक्षा बलले अवैघ रूपमा नेपालको सिमा भित्र प्रवेश गरी नेपाली जनात कुट्ने, अपहरण गर्ने तथा ज्यान नै जाने गरी बल प्रयोग पर्ने समस्या पनी हामीलाई ज्ञातै छ।

    यी समस्याहरूको समाधान निकाल्न पटक पटक प्रयास गरियता पनी उक्त समस्याहरूको निराकरण भने अझै भएको छैन्।

त्यसको एक प्रमुख कारण केन्द्रय तहमा सिमा सम्बन्धी स्थानिय बिज्ञ नेतृत्वको अभाव पनी हुनसक्छ।

त्यस कारण यस पटकको प्रतिनिधीसभा निर्वाचनका लागी कञ्चनपुर क्षेत्र न. ३ बाट ने.क.पा. एमाले को तर्फबाट उठेका उम्मेदवार क.डा. दिपकप्रकाश भट्ट यस समस्याको समाधानका लागी उपयुक्त देखिन्छन्।

 डा. दिपकप्रकाश भट्ट एक समाजप्रती उत्तरदायी सबल व्यक्तिव र ने.क.पा एमाले का कर्मठ राजनेता हुन। अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका सम्बन्धमा उहाँलाई एउटा बिज्ञका रूपमा लिइन्छ।

सेना समायोजन तथा लडाकु व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका डा. दिपकप्रकाश भट्ट सैन्य बल तथा प्रहरी निकाय सँग सम्वादाका माध्यम बाट समस्याहरूको समाधान निकाल्न पोख्त मानिन्छन्

कसरी उहाँ सिमा सम्बन्धी समस्याहरू समाधान गर्न सक्छन् ?

    ने.क.पा. एमाले तथा सयुंक्त बाम गठबन्धनले यस पटक नेपाल-भारत सिमा सम्बन्धी समस्याहरूको निराकरण गर्ने प्रतिबद्ता व्यक्त गरेको अवस्था छ। यसको प्रमुख अधारका रूपमा डा. दिपकप्रकाश भट्ट लाई लिन सकिनछ।

अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा सम्बन्धी उहाँको बिज्ञता र अनुभव लाई प्रयोग गरी कञ्चनपुरको सिमाना र नाका सम्बन्धी समस्या हल गर्न सकिनछ।

केन्द्रिय तहमा राम्रो पकड राख्ने डा. भट्टको भारत सरकारमा पनी राम्रो प्रभाव छ। जसले गर्दा सिमा सम्बन्धी विबाद तथा समस्या समाधान गर्न उहाँ सक्षम देखिन्छन्।

यस बाहेक ने.क.पा. एमाले ले जुन नेपालको तर्फबाट पनी सिमा सुरक्षा बल लाई २४ सै घण्टा सिमामा उपस्थित गराई बेवारिसे अवस्थामा रहेको हाम्रो सिमालाई सुरक्षित गर्ने योजना लिएको छ; त्यसलाई सफल पार्न पनी उहाँ महत्वपुर्ण भुमिका खेल्न सक्नुहुन्छ।

    अत: कञ्चनपुरका बिभिन्न समस्याहरू मध्येको एउटा प्रमुख समस्याका रूपमा रहेको सिमा सम्बन्धी समस्या तथा भारतिय एस.एस.बी को ज्यादतीको निराकरण गर्नका लागी प्रतिनिधीसभा निर्वाचनका लागी कञ्चनपुर क्षेत्र न. ३ बाट उठेका  ने.क.पा एमाले का उम्मेदवार क.डा. दिपकप्रकाश भट्ट लाई बिजयी गराउनु उचित देखिन्छ।

 जसले गर्दा हाम्रा दाजु-भाई तथा दिदी-बहिनीहरू ले भारतिय एस.एस.बी को आर्थिक शोषण तथा शरिरीक यातना सहनु पर्ने छैन ।