Saturday, December 2, 2017

कञ्चनपुर क्षेत्र न. ३ मा सयुंक्त बाम गठबन्धनको जित सुनिश्चित

       
    प्रतिनिधीसभा निर्वाचनको दिन नजिकिदै जाँदा कञ्चनपुर क्षेत्र न. ३ मा ने.क.पा. एमाले सयुंक्त बाम गठबन्धनको जित सुनिश्चित देखिन्छ । भर्खरै गरिएको एक कोरा सर्वेक्षण अनुसार यस क्षेत्रको लोकप्रिय राजनैतिक गठबन्धन ने.क.पा. एमाले सयुंक्त बाम गठबन्धन देखिएको छ । उक्त सर्वेक्षण अनुसार  कञ्चनपुर क्षेत्र न. ३ मा बाम गठबन्धनले करीब २००० भन्दा बढि मतआन्तर ले जित हासिल गर्न सक्ने प्रबल सम्भावना छ। जसका प्रमुख आधारहरू निम्न हुनसक्छ: -
  1. स्थानिय निर्रवाचनको नतिजा

स्थानिय तहको निर्वाचन नतिजा अनुसार भिमदत्त नगरपालिका को नगर प्रमुखको पदमा  ने.क.पा. एमाले  का क. सुरेन्द्र बिष्ट  बिजयी भएका छन् भने लगभग ७५ प्रतिशत स्थानिय तहका वडा अध्यक्ष तथा सदस्यहरू पनि ने.क.पा. एमाले कै रहेका छन् । यिनीहरले आ-आफ्नो कार्य क्षेत्रमा कार्य गर्न सजिलो होस भनेर जसरी  भए पनी सयुंक्त बाम गठबन्धन लाई बिजयी गराउन लागी परेका छन् ।
  1. नेपाल उद्धोग तथा बाण्जिय महासंध कञ्चनपुरमा एमाले को बर्चश्व

महेन्द्रनगर बजारमा आजभोली जताततै बाम गठबन्धन कै झण्डा, पोस्टर, पर्चाहरू देखा पर्दछन्। यसको एक प्रमुख कारण नेपाल उद्दोग बाण्जिय माहासंध कञ्चनपुरमा एमाले निकटष्थ व्यक्तीहरूको संख्या बढी ह्रनु हो । यस क्षेत्रमा व्यापार व्यवसाय गर्न सहज बनाउन व्यवसायीहरू एमाले कै पक्षमा देखिन्छन् र तिनीहरूको करीब ८० प्रतिशत मत बाम गठबन्धनले पाउने अनुमान छ।
  1. डा. दिपकप्रकाश भट्टको सक्षमता

मिडियामा स्थान पाउन सिपालु पुर्व मन्त्री रमेश लेखक भन्दा शैक्षिक तथा कार्य अनुभवका आधारमा डा. दिपकप्रकाश भट्ट क्षेत्र न. ३ का लागी बढी सक्षम देखिन्छन् । सेना समायोजन तथा लडाकु व्यवस्थानमा बिशेष भुमिका निर्वाह गरेका डा. भट्ट शैक्षिक जगतका व्यक्तीहरू माझ अत्यन्त लोकप्रिय छन् । अति नै मिलनसार, सरल तथा सादा जिवन तर उच्च बिचार राख्ने उहाँबाट प्रभावित नहुने मानिस बिरलै होलान् ।  
  1. क्षेत्र न. ३ (२) मा बाम गठबन्धनका उम्मेदवार मानबहादुर सुनारको बलियो पकड

कञ्चनपुर क्षेत्र न. ३ (२) का  बाम गठबन्धनका उम्मेदवार मानबहादुर सुनारको त्यहाँ  बलियो पकड छ । त्यस क्षेत्रमा लगभग ७० प्रतिशत जनसंखया दलित हुनु र उहाँ स्वयम् पनी एउटा  दलितहरूको हितमा निरन्तर कार्य गर्दै आएका सशक्त दलित नेता हुनुले उहाँको जित निश्चित देखिन्छ । जसले बाम गठबन्धनको जितलाई नै प्रतिनिधित्व गर्दछ ।
  1. एन. पि. साउद र रमेश लेखक बिच मन मुटाव

जस्तो कि हामी सबैलाई थाहा छ, नेपाली कांग्रेस भित्र केन्द्र देखी लिएर स्थानिय स्तर सम्म  मत भिन्नता, बिवाद र मन मुटाव रहेको छ । यसै क्रममा एन. पि. साउद र रमेश लेखक बिच पनी मनमुटाव रहेको खबर बारम्बार बाहिर आइरहन्छ । स्थानिय स्तर देखी लिएर केन्द्र सम्म रमेश लेखक को प्रभाव दिन प्रति दिन बढ्दो छ । जसले गर्दा एकै पार्टीका हुँदा हुँदै पनी एन. पि. साउद ओझेलमा पर्दै आएका छन् । अत: रमेश लेखक को प्रभाव कम गर्न कै लागी भए पनी उहाँ ले यस चुनावमा खासै सहयोग गर्लान जस्तो लाग्दैन । जसले गर्दा नेपाली कांग्रेसलाई  ठुलो धक्का लाग्न सक्छ ।

        माथीका यि बिभिन्न चुनावी समिकरणको बिश्लेषण गर्दा कञ्चनपुर क्षेत्र न. ३ मा ने.क.पा. एमाले सयुंक्त बाम गठबन्धनको जित सिनिश्चित देखिन्छ । अत: आफ्नो मनमा रहेको दुविधा लाई हटाउँदै सुर्यमा मतदान गरौ र आफ्नो अमुल्य मत खेर जानबाट बचाऊँ । 




0 comments:

Post a Comment