Friday, December 1, 2017

दोधारा-चाँदनी सुख्खा बन्दरगाह र सुदरपश्चिममा रोजगारीको सिर्जना


आउदैँ  गरेको चुनाव सँगै एक पटक फेरी कञ्चनपुरको दोधरा-चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने  बिषयले चर्चा पाएको छ। 

यस बिसयलाई लगभग सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो एजेन्डामा सामेल गरेका छन् । दोधरा-चाँदनीलाई सिंगो सुदुरपश्चिम  सँग जोड्ने गरि निर्माण हुन गई राखेको चार लेनको पुल सँगै सुख्खा बन्दारगाह ले पनी प्रमुखता पाउदैँ छ । 

यदी दोधरा-चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण ह्रुन्छ भने यसले त्यस क्षेत्रको मात्र नभई समपुर्ण सुदुरपश्चिम कै आर्थिक बिकासमा महत्वपुर्ण भुमिका खेल्नेछ ।




उक्त सुख्खा बन्दरगाह निर्माण हुना साथ कञ्चनपुर पश्चिम नेपालकै ठुलो र महत्वपुर्ण नाकामा बिकसित हुनेछ। 

जाँहाबाट भारत लगायत अरब र युरोप सम्मका मालसामान आयत गर्न सजिलो हुनेछ र  सुदुरपश्चिमको अर्थतन्त्रले गती प्राप्त गरी रोजगारी सिर्जना गर्नेछ ।

साथै यसले माहकालि कोरिडोर निर्माण गरी कञ्चनपुरलाई नेपाल, भारत र चीन बिचको त्रिदेशिय नाका को रूपमा बिकास गर्न पनी मदत गर्ने छ ।

स्विजरल्याण्ड तथा काजाकिस्तान जस्ता  भुपिवेष्ठित राष्ट्रहरूले सुख्खा बन्दरगाह को साहायताले रोजगारी सिर्जान गर्न सफल भएका छन् । 

त्यहाँका सुख्खा बन्दरगाहहरूमा हजारौँको संख्यामा कामदार, टेक्नेसियन, प्रशासनिक कर्मचारी, क्रेन अपरेटर, वाहान चालक आदीले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै सामान ढुवानी गर्ने ट्रांसपोर्ट सेवाहरू पनी स्थापित  भएका छन् ।  

बन्दरगाह आसपासका प्रान्तहरूमा व्यापार-व्यवसाय गर्न सहज भएको छ र थप रोजगारी सिर्जना हुँदै गइरहेको छ।

यसै प्रकारले यदी दोधरा-चाँदनीमा सुख्खा बन्दरगाह सिध्र निर्माण हुन्छ भने यसले त्यस क्षेत्रको मत्र होइन सम्पुर्ण सुदुरपश्चिमकै मुहार फेर्न सक्छ । यसबाट दोधरा-चाँदनीका जनताले निर्माणको समयमा र निर्माण पछी प्रत्यक्ष रोजगार पाउने छन् । 

कञ्चनपुर तथा यस सँग जोडिएका सुदुरपश्चिमका अन्य जिल्लाहरूमा पनि व्यापार-व्यवसाय तिब्र गतीमा फस्टाउने छ र रोजगारी सिर्जना हुनेछ । 

जसले गर्दा याँहाका जनताले भारत गएर काम गर्नु पर्ने बाध्यता हट्नेछ।

कञ्चनपुरको दोधरा-चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गरी रोजगारी सिर्जना गर्न ने.क.पा एमाले तथा सयुंक्त बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभा निर्वाचनका लागी उठेका क्षेत्र न. ३  का उम्मेदवार क.डा. दिपकप्रकाश भट्ट  यस बिषयमा कडा प्रतीवद्दताका साथ अगाडी आएका छन् । 

जसमा उहाँलाई हाम्रो सहयोगको आवश्यक्ता छ र जसमा हामी उहाँलाई आफ्नो अमुल्य मत दिएर सहयोग गर्न सक्छौं ।

0 comments:

Post a Comment